एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किए, एकीकरण गर्न १५ दिनको म्याद

एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किए, एकीकरण गर्न १५ दिनको म्याद

काठमाडौँ : निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउँदै पुन एकीकरण गर्ने भए १५ दिनको समय दिएको छ।

सर्वोच्च अदालतले दुवै दल एकीकरण भई पाएको नाम बदर गरिदिएपछि आयोगले सोही नाममा दर्ता भएका सन्ध्या तिवारी र गोपाल तिराकीलाई अर्को नाम सहित आउन १५ दिनको म्याद दिने आयोगले मङ्गलवार निर्णय गरेको छ।

आयोगले दुवै दललाई नयाँ नाम र चुनाव चिन्हसहित आयोगमा निवेदन दिन जानकारी गराउने निर्णय गरेको हो।

उसले एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउँदै दुवै दल एकीकरण भएर नेकपा बनेकोबारे राजपत्रमा प्रकाशित सूचना खारेज गर्ने निर्णय समेत गरेको छ।

आयोगले नेकपा पुरानै अवस्थामा फर्किएकोबारे सङ्घीय संसद् र प्रदेश संसद्मा जानकारी दिने समेत निर्णय गरेको छ।

 

फागुन २५, २०७७ मंगलबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।