म कुन पार्टीको हो अदालतमा गएर सोध्नु : प्रधानमन्त्री
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सर्वोच्च अदालतमा जान चुनौती दिएका छन्। ‘म कुन पार्टीको हो अदालतले भन्यो,’ उनले भने, ‘म कुन पार्टीको हो सर्वोच्च अदालतमा सोध्न गए भयो नि।’
उनले अजुर्नले माछाको आँखा मात्रै देखे जस्तो पद सत्ता र स्वार्थमा आफू विरुद्ध लागेको आरोप लगाए। ‘प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहेका थिए,’ उनले भने, ‘ देख्न खोज्ने आँखा भएर के गर्नु? सुन्न नै नचाहने कान भएर के गर्नु?’
उनले यो जन्मँदैको दोष होइन भन्दै तर, तिनै मान्छेहरूले समस्या पैदा गरेको आरोप लगाए। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले दाहाल नेपाल पक्षप्रति सङ्केत गर्दै अनुकूल हुँदा मान्ने र प्रतिकुल हुँदा नमान्ने भनेर प्रश्न गरेका हुन्।
प्रधानमन्त्रीले ओलीले संसद् पुर्नस्थपनाको माग अध्यादेश पेस गर्न नदिनका लागि भएको भनेर व्यङ्ग्य गरेका छन्। संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा नेपाली काँग्रेसले रोष्टम घेराउ गरेको थियो। दल र नेताको नामै नलिई प्रधानमन्त्री ओलीले एसिड आक्रमणको अपराध रोक्ने अध्यादेश ल्याउन नदिन रोष्टम घेराउ गरेको आरोप लगाए।
उनले मुद्दा हालेर चुनावमा जाने सरकारको काम रोकेको बताए। ‘संसद् पुनर्स्थापना किन गरेको रहेछ भन्दा उफ्रिन, नारा लाउन, कराउन, अध्यादेश पेस गर्न नदिन, एसिड आक्रमणका विरुद्धको कानून पास गर्न नदिन,’ उनले भने, ‘त्यसका लागि पो बोलाएको रहेछ।’
उनले सरकारले प्रतिनिधि सभामा पेस गर्न लागेका अध्यादेश फेल गर्न पनि चुनौती दिएका छन्। ‘छलफल गर्या हो कि, उफ्रेको हो कि, धामी नाँच हो कि,’ उनले भने, एसिड आक्रमण विरुद्धको अध्यादेश फेल गरे भई गयो नि सक्छौ भने।’
फेल गर्ने आँट कसैको छ ? भनेर प्रश्न समेत गरेका छन्। ‘फेल गर्ने आँट छैन, मन पनि पर्या छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण बेल घेरेर अध्यादेश पास गर्न पाइँदैन भनेर नाराबाजी?’
फागुन २४, २०७७ सोमबार १४:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।