दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 

दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै 

काठमाडौँ : दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। पार्टी कार्यालय पेरिसडाडाँ कोटेश्वरमा ३ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। 

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने परमादेश जारी गरेपछिको अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो। अब पार्टीले तय गर्नुपर्ने रणनीतिका विषयमा बैठकमा छलफल हुने शाहले बताए। उनका अनुसार स्थायी कमिटीमा छलफलपछि छिट्टै केन्द्रीय कमिटीको बैठक बस्नेछ। 

 

फागुन २४, २०७७ सोमबार ०८:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।