एमाले सांसदलाई प्रधानमन्त्रीको विफ्रिङ : ‘एकता भत्काउनेसँग एकीकरण हुन्न, चाडै विश्वासको मत लिन्छु’ 

एमाले सांसदलाई प्रधानमन्त्रीको विफ्रिङ : ‘एकता भत्काउनेसँग एकीकरण हुन्न, चाडै विश्वासको मत लिन्छु’ 

काठमाडौँ ; प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट चाडै विश्वासको मत लिने बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि बालुवाटारमा बसेको ओली पक्षको संसदीय दलको बैठकमा चाडै विश्वासको मत लिने बताएका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

सर्वोच्च अदालतको परमादेश मान्छौ भनेका ओलीले नयाँ परिस्थितिमा विश्वासको मत लिने बताएका हुन्। ओलीले एकता भत्काउनेहरूसँग पार्टी एकीकरण नहुने बताए। ‘भत्काउनेहरूसँग एकीकरण हुँदैन’ ओलीले संसदीय दलको बैठकमा बोलेका कुरा उद्धृत गर्दै प्रमुख सचेतक भट्टराईले भने। 

प्रधानमन्त्री ओलीले अब नेकपा एमालेको संसदीय दलको नेताको हैसियतमा विश्वासको मत लिनेछन्। एमाले र माओवादी मिलेर बनेको नेकपाले पार्टीको आधिकारिता नपाएपछि २०७५ जेठ ३ गते अगाडिकै जस्तै दुई दल भएका छन्। 

एमाले संसदीय दलको बैठकमा हिजोको बैठकमा भन्दा सांसदको सङ्ख्या बढेको प्रमुख सचेतक भट्टराईले बताए। ‘बैठकमा प्रधानमन्त्रीले १२४ जना छौँ भन्नु भयो,’उनले भने, ‘कतिपय सांसद आउन पाउनु भएन।’ 

फागुन २३, २०७७ आइतबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।