सर्वोच्चको फैसला पुनरावलोकन हुन सक्छ तर, प्रभाव कम : वरिष्ठ अधिवक्ता आचार्य
काठमाडौंः वरिष्ठ अधिवक्ता भिर्माजुन आचार्यले नेपाल कम्युनिस्ट पार्टी ने क पा को आधिकारीकताबारे सर्वोच्च अदालतबाट आएको फैसला पुनरावलोकन हुनसक्ने बताएका छन्।
उनले अदालतको निर्णय उपर विपक्षी बनाइएको पक्षले पुनरावलोकनको निवेदन दिन सक्ने बताए। फैसलापछि उकेरासँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ‘विपक्षी बनाइएका पक्षले पुनरावलोकनका लागि प्रक्रिया अगाडि बढाउन सक्छ।तर, त्यसको प्रभाव भने कम देखिन्छ।
उनले यसको प्रक्रिया लामो हुने र अहिलेको राजनीतिक परिस्थितिका कारण पनि यो प्रभावकारी हुने अवस्था नदेखिएको बताए।
सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी९नेकपा० को आधिकारिकता ऋषि कट्टेलको नाममा कायम गर्दै एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको ने क पा खारेज हुने फैसला गर्दै दुवै दल एक हुने हो भने पुन प्रक्रिया सुरु गर्न परमादेश जारी गरेको थियो।
फागुन २३, २०७७ आइतबार १९:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।