दाहाल–नेपाल समूहद्वारा संसद् बैठक बहिस्कार 

दाहाल–नेपाल समूहद्वारा संसद् बैठक बहिस्कार 
संसद् बैठक बहिस्कारेपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै दाहाल–नेपाल समूहका नेता वर्षमान पुन।

काठमाडौं :  तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणपछि बनेको पार्टीको दाहाल–नेपाल समूहका सांसद्ले संसद् बैठक बहिस्कार गरेका छन्। 

वैधानिकता गुमाएको सरकारले अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै उक्त समूहका सांसद्हरूले बैठक बहिस्कार गरेका हुन्। 

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाएपछि उक्त समूहका सांसद् भीम रावलले सरकारले वैधानिकता गुमाइसकेकाले त्यसले ल्याएका अध्यादेश पनि वैधानिक नहुने भन्दै नियमापत्ति जनाएका थिए।

सरकारले बैठकमा ८ वटा अध्यादेश पेस गर्ने कार्यसूची छ। 

फागुन २३, २०७७ आइतबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।