संसद् बैठकमा पेस भएको कार्यसूचीमा भीम रावलको नियमापत्ति

संसद् बैठकमा पेस भएको कार्यसूचीमा भीम रावलको नियमापत्ति

काठमाडौं : संसद् बैठकमा पेस भएको कार्यसूचीमा सांसद् भीम रावलले नियमापत्ति जनाएका छन्। 

उनले केपी शर्मा ओली नेतृत्वको सरकार वैधानिक नभएकाले उसले ल्याएका कार्यसूची वैधानिक नहुने भन्दै नियमापत्ति जनाएका हुन्। 

प्रतिनिधिसभाको हिउँदे अधिवेशन सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको पत्र पढेर सुनाएपछि रावलले नियमापत्ति जनाएका थिए। 

उनी बाेलिरहँदा अर्का सांसद् खगराज अधिकारीले पनि नियमापत्ति जनाएका थिए। 

बैठकमा सरकारले ८ वटा कार्यसूची पेस गरेको थियो। 

फागुन २३, २०७७ आइतबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।