कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार डोज खोप भित्रियो 

कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार डोज खोप भित्रियो 

काठमाडौं : नेपालमा कोभ्याक्स सुविधाबाट ३ लाख ४८ हजार डोज (मात्रा) कोरोना भाइरस विरुद्धको खोप आइतबार बिहान भित्रिएको छ। 

स्वास्थ्य सेवा अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. भिम सिंह तिंकरीका अनुसार बिहान करिव १०ः४५ बजे खोप भित्रिएको हो। उनले कोभ्याक्स सुविधाबाट कोभिशिल्ड खोप भित्रिएको जानकारी दिए। 

खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नेपाललाई कोभ्याक्स सुविधाबाट निःशुल्करूपमा १ करोड ३० लाख डोज दिने निर्णय भएको छ। त्यसमध्ये बाँकी खोप कहिले आउँछ भन्ने यकिन नभएको उनको भनाइ छ। 

कोभ्याक्स सुविधाबाट पठाउन लागिएको उक्त खोप करिव ६० लाख जनसंख्यालाई लगाउन पुग्ने खोप शाखा प्रमुख गौतमले जानकारी दिए।

विश्व स्वास्थ्य संगठन, गाभी, युनिसेफलगायत संस्था मिलेर कोभ्याक्स गठन गरिएको हो, यसको सदस्य नेपाल पनि छ।

कोभ्याक्सले गरिब मुलुकमा निःशुल्करूपमा खोप पठाउने गरेको छ। 
 

फागुन २३, २०७७ आइतबार १४:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।