सुनको भाउ तोलामा ५ सय रूपैयाँ बढ्यो

सुनको भाउ तोलामा ५ सय रूपैयाँ बढ्यो

काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा पाँच सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य तोलामा ८६ हजार १ सय रूपैयाँ पुगेको छ। हिजो यसको मूल्य प्रतितोला ८५ हजार ६ सय रूपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुनको भाउ पनि सोही दरमा बढेर तोलाको ८५ हजार ६ सय ५० रूपैयाँ पुगेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो यसको मूल्य प्रतितोला ८५ हजार १ सय ५० रूपैयाँ कायम थियो।

चाँदीको मूल्य भने १ हजार २ सय ५० रूपैयाँमा स्थिर रहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।

फागुन २३, २०७७ आइतबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।