प्रधानमन्त्रीले लगाए कोरोना खोप

प्रधानमन्त्रीले लगाए कोरोना खोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाएका छन्।

उनले आज (आइतबार) बिहान महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा खोप लगाएका हुन्। यससँगै दोस्रो चरणको खोप अभियान पनि औपचारिकरूपमा सुरु भएको छ।

प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छन्। यस्तै, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी लगायतले खोप लगाएको बताइएको छ। 

दोस्रो चरणको खोप अभियानअन्तर्गत देशभरका १५ हिमाली जिल्लामा ५५ वर्ष माथिकालाई र अन्य जिल्लामा ६५ वर्ष माथिकालाई खोप लगाइने मन्त्रालयले जनाएको छ।
 

फागुन २३, २०७७ आइतबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।