नारायणगढ–मुग्लिन सडक : आजदेखि एक सातासम्म दिउँसो बन्द हुने 

नारायणगढ–मुग्लिन सडक : आजदेखि एक सातासम्म दिउँसो बन्द हुने 

काठमाडौं : नारायणगढ–मुग्लिन सडक आज (आइतबार)देखि एक सातासम्म दिउँसोको समयमा बन्द हुने भएको छ। 

नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार सडक आजदेखि आगामी शनिबारसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको हाे। 

पहिरो नियन्त्रणको काम गर्न दिउँसो चार घण्टा सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ। उक्त सडकखण्डको कालीखोला चार किलो नजिक पहिरो नियन्त्रणको काम पूरा हुन सकेको छैन। 

सडक बन्द पनि एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सेवाका गाडी भने चल्न दिइने आयोजनाले जनाएको छ।

नारायणगढ–मुग्लिन सडक काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो।

फागुन २३, २०७७ आइतबार ०८:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।