मेलम्चीको पानी सुन्दरीजल आइपुग्याे

मेलम्चीको पानी सुन्दरीजल आइपुग्याे
तस्बिर : सूर्य थापाको फेसबुकबाट।

काठमाडौं : बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेपछि सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हो।

सो अवसरमा प्रधानमन्त्री ओलीले अबको केही दिनमै काठमाडौंवासीको घरघरमा पानी आउने दाबी गरे। 

यही फागुन १० गते खानेपानी आयोजनाको सुरुङमा पानी पठाइएको थियो। 

सुरुङमा खसाइएको पानी बागमती नदीमा खसालिएको छ। सुरुको पानी फोहोरसहित आउने भएकाले नदीमा खसालिएको बताइएको छ। 
 

फागुन २२, २०७७ शनिबार २२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।