धनगढीकाे फर्निचर उद्योगमा आगलागी, ८ करोडको क्षति भएको प्रहरीको अनुमान

धनगढीकाे फर्निचर उद्योगमा आगलागी, ८ करोडको क्षति भएको प्रहरीको अनुमान

काठमाडौं : कैलालीको एक फर्निचर उद्योगमा आलगागी हुँदा ८ करोड रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

धनगढी उपमहानगरपालिका–४, चटकपुरस्थित आलोक आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी हुँदा ८ करोड रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रवक्ता प्रतीक विष्टले जानकारी दिए। 

‘आगलागीबाट फर्निचर उद्योगको ट्रस्ट, सोरुममा राखिएका फर्निचर सामानलगायत नष्ट भएका छन्,’ उनले भने। 

आज (शनिबार) दिउँसो १२ः१५ पछि सुरु भएको आगलागी दिउँसो २ः२० पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। 

आगलागी नियन्त्रणका लागि धनगढी उपमहानगर र गोदावरी नगरपालिकाका गरी चारवटा दमकल परिचालनसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, रेडक्रसकर्मी तथा स्थानीय खटिएको डिएसपी विष्टले जानकारी दिए। 

आगलागीको कारण खुल्न नसकेकाे प्रहरीले जनाएको छ।

फागुन २२, २०७७ शनिबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।