सोमबार २३ चैत, २०८२
२४ घण्टामा थपिए ४७ जना कोरोना संक्रमित
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४७ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ।
योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म देशभर निको हुने कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ।
मुलुकभर ८ सय १७ जना संक्रमित आइसोलेसनमा छन्। यस्तै, ५५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।
फागुन २२, २०७७ शनिबार १८:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।