संसदीय दल बैठकमा बहुमत सांसद् उपस्थित भएको ने क पा ओली समूहको दाबी
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ओली समूहले संसदीय दलको बैठकमा बहुमत सांसद् उपस्थित भएको दाबी गरेको छ।
राष्ट्रिय सभाका प्रमुख सचेतकसमेत रहेका सांसद् खिमलाल भट्टराईले बैठकमा १ सय १५ जना सांसद् उपस्थित भएको दाबी गरे।
बैठकमा राष्ट्रिय सभाका २४ र प्रतिनिधि सभाका ९१ जना सांसद् उपस्थित उनको भनाइ छ।
यसअघि ने क पा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले पनि आफ्नो पक्षमा १ सय १५ जना सांसद् रहेको दाबी गरेका थिए।
उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएपनि पास नहुने दाबी गरे।
फागुन २२, २०७७ शनिबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।