प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने

प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौंमा सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’सम्बन्धी अन्तरक्रियामा यसबारे जानकारी दिएका हुन्। 

उनका अनसार प्रधानमन्त्री ओलीले महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहान १० बजे खोप लगाउने कार्यक्रम छ। 

सरकारले भोलिदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ। 

सो अभियानअन्तर्गत करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य छ। 

फागुन २२, २०७७ शनिबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।