मोबाइल चोर्ने एक भारतीय सहित ४ जना पक्राउ 

मोबाइल चोर्ने एक भारतीय सहित ४ जना पक्राउ 

काठमाडौँ : मोबाइल चोर्ने चार जनालाई प्रहरीले पक्रेको छ। विभिन्न ब्रान्डका ५२ थान मोबाइल चोर्ने चार जनालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ। 

भारत विहार ठेगाना भएका ३२ वर्षीय जहिर अन्सारी, काठमाडौँ बौद्धमा २७ वर्षीय दीपेश श्रेष्ठ, चितवन भरतपुरका २९ वर्षीय अमित राना मगर र काठमाडौँ असनमा ३३ वर्षीय विक्रम शाही चोरी गरेर मोबाइल सेट सहित पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार काठमाडौँको परोपकारस्थित सडकमा चलिरहेको गाडीबाट अपरिचित व्यक्तिहरूले कार्टुन भित्र रहेको उक्त मोबाइल सेटहरू चोरी गरेका थिए।

चोरेका मोबाइल चाबहिलमा मोबाइल पसल सञ्चालन गर्ने अमित राना मगरसँग डिल गरी अमितले ललितपुर प्रयागपोखरीस्थित मोबाइल पसल सञ्चालन गरी बस्ने जहिर अन्सारीलाई भेटाई ५ लाख ५० हजार रुपैयाँ नगदमा बिक्री गरेको भन्ने सूचनाको आधारमा उनीहरू पक्राउ परेका प्रहरीले जनाएको छ। 

फागुन २२, २०७७ शनिबार १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।