काँग्रेसले नेतृत्व गर्ने बाहेक अर्को विकल्पमा सहकार्य हुँदैन : सह महामन्त्री महत
काठमाडौँ : नेपाली काँग्रेसले आफूले नेतृत्व गर्ने बाहेकको अर्को विकल्पमा कसैसँग सहकार्य नगर्ने बताएको छ। काँग्रेस सह महामन्त्री डा. प्रकाश शरण महतले काँग्रेसको नेतृत्व जसले स्विकार्छ उसैसँग सहकार्य हुने बताए।
प्रतिनिधि सभा विघटनको निर्णय बदर भएपछि संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ। हिउँदे अधिवेशनमा नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको बताइरहेको छ।
तर, उसले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालको साथ खोजेको छ। नेपाल प्रेस युनियनको उपत्यका स्तरीय भेलामा महतले राजनीति तरल अवस्थामा रहेको बताउँदै जे पनि हुन सक्ने तर, काँग्रेसले नेतृत्व गर्ने बाहेकको अर्को विकल्पमा कसैसँग सहकार्य नगर्ने बताएका हुन्।
फागुन २२, २०७७ शनिबार १२:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।