स्कुटर र मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
काठमाडौँ : काठमाडौँको तीनकुने र सिभिल अस्पताल अगाडी आज मङ्गलवार बिहान भएका छुट्टा छुट्टै दुर्घटनामा दुई जना घाइते भएका छन्।
प्रदेश ३-०२-००४ प ८६०८ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा १९ बर्षिया अस्मिता श्रेष्ठ घाइते भएकी छन्। घाइते श्रेष्ठको कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै सिभिल अस्पतालको गेटैमा बा २१ च ३७७० नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएर दुर्घटना हुँदा मोटरसाइकलका चालकको दाहिने हात भाँचिएको छ।
बा ८६प ८३३५ नम्बरको मोटरसाइकल चालक सुसन खकुरेलको दाहिने हात भाँचिएको प्रहरी प्रभाग बानेश्वरले जनाएको छ। उनको सिभिल अस्पतालमा उपचार भइरहेको छ।
फागुन ११, २०७७ मंगलबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।