कागेश्वरी मनोहराको पसलमा आगलागी, १९ लाख बराबरको नोक्सान
काठमाडौँ : काठमाडौँको कागेश्वरी मनोहरा सनराइज चोकमा रहेको एक पसलमा आगलागी भएको छ।
विदुर बस्नेतको चार तले घरको दोस्रो तलामा रहेको सटरमा आगलागी हुँदा १९ लाख बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
हरहर महादेवका केशव मल्लले सञ्चालन गरेको महिला र बालबालिकाहरूले लगाउने कपडा पसलमा लागेको आगो मङ्गलवार बिहान पौने ३ बजे निभाइएको छ।
स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको काडाँघारी प्रहरीले जनाएको छ। आगोले कुर्ता सुरुवाल, सारी लगायतका कपडा जलेर नष्ट भएको छ। आगो लाग्नुको कारण भने नखुलेको प्रहरीले बताएको छ।
फागुन ११, २०७७ मंगलबार ०८:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।