सर्वाेच्चमा बढाइयो सुरक्षा सतर्कता : प्रवेशमा कडाइ, न्यायाधीशहरूको पिएसओ थप
काठमाडौं : सर्वाेच्च अदालतमा विचाराधीन संसद् विघटन मुद्दाको फैसला प्रक्रिया सुरु हुन लाग्दा सुरक्षा सतर्कता बढाइएको छ।
सुरक्षा स्रोतका अनुसार अदालत परिसर प्रवेशमा कडाइ गरिएको छ भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र अन्य चार न्यायाधीशको सुरक्षामा खटिने पिएसओको संख्या थप गरिएको छ।
सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाईका प्रहरी उपरीक्षक (एसपी) गोविन्द थपलिया सुरक्षा संवेदनशीलतालाई हेर्दै सुरक्षा सर्तकता बढाइएको बताउँछन्। ‘पछिल्लो समय नयाँ सुरक्षा योजनामासमेत काम भइरहेको छ,’ उनले भने।
उनले सुरक्षा संवेदनशिलता हेरेर आवश्यकता अनुसार थपघट गर्ने काम हुन्छ। ‘त्यसै अनुसार सुरक्षाकर्मीलाई स्ट्याण्ड वाई राखिएको छ,’ उनले उकेरासँग भने।
उक्त मुद्दामाथि बहस नोट गर्ने समय सकिएपछि सर्वाेच्चले भोलिदेखि फैसला प्रक्रिया थाल्दैछ।
अदालतले नियमित प्रक्रिया अनुसार मुद्दालाई हेर्दाहेर्दैमा राखेर फैसला गर्ने जनाएको छ।
फागुन १०, २०७७ सोमबार २२:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।