संसद् विघटन मुद्दाकाे फैसला प्रक्रिया भोलिबाट सुरु हुने
काठमाडौं : संसद् विघटनविरुद्ध परेको मुद्दामाथि फैसला प्रक्रिया भोलिबाट सुरु हुने भएको छ।
मुद्दामाथि बहस नोट पेस गर्ने समय सकिएसँगै भोलिबाट फैसला प्रक्रिया सुरु हुने सर्वाेच्च अदालतले जनाएको छ।
सर्वोच्चले आज (सोमबार)सम्म बहस नोट पेस गर्ने समय तोकेको थियो। त्यसअघि मुद्दामा पक्ष–विपक्षका वकिलले बहस र एमिकस क्युरी (अदालतका सहयोगी)ले राय प्रस्तुत गरेका थिए।
अदालतका अनुसार भोलिबाट नियमित प्रक्रिया अनुसार मुद्दालाई हेर्दाहेर्दैमा राखेर फैसला गरिनेछ।
उक्त मुद्दाको फैसला यही साताभित्र हुन सक्ने कानुन व्यावसायीले आँकलन गरेका छन्।
फागुन १०, २०७७ सोमबार २१:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।