विप्लव नेकपाका नेता बाँस्तोला रिहा भएलगत्तै पक्राउ
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता धर्मेन्द्र बास्तोला रिहा भएलगत्तै पक्राउ परेका छन्।
सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बाँस्तोलालाई प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको हो।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एवं एसएसपी सुशील सिंह राठोरले बाँस्तोलामाथि काभ्रेमा मुद्दा रहेकाले पुनः पक्राउ गरिएको जानकारी दिए। बाँस्तोलालाई आजै काभ्रे पठाउने तयारी भइरहेको एसपी राठौरले बताए।
त्यसअघि सर्वोच्चले बन्दी प्रत्यक्षीकरण मुद्दामा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बाँस्तोलालाई रिहाइ गर्ने आदेश दिएको थियो।
बाँस्तोलामाथि नख्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको लगाायतका आरोपमा मुद्दा चलिरहेको छ।
फागुन १०, २०७७ सोमबार १८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।