सोमबार २३ चैत, २०८२
मेलम्चीको सुरुङमा पानी पठाएर परीक्षण सुरु
फाइल तस्विर
सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाएर परीक्षण सुरु गरिएको छ। खानेपानी मन्त्री मणि थापाले स्विच थिचेर उद्घाटन गरेपछि सुरुङमा पानी पठाइएको हो।
सुरुङमा आठ महिनाअघि पहिलो पटक पानी पठाएर परीक्षण गरिएको थियो । पानी पठाएको १० दिनमै पानी बाहिर निस्केपछि सुरुङमा पानी पठाउन बन्द भएको थियो। सुरुङमा आवश्यक सुधार गरेर आज पुन परीक्षण गरिएको छ।
मेलम्चीको पानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि उपत्यकामा वितरण सुरु हुनेछ।
फागुन १०, २०७७ सोमबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।