मेलम्चीको सुरुङमा आज पानी पठाएर परीक्षण गरिने
काठमाडौँ : मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज सोमवार पुनः परीक्षण गरिने भएको छ। आयोजनामा बिहान साढे ११ बजे पानी पठाएर पुन परीक्षण गर्न लागिएको खानेपानी मन्त्री मणि थापाले जानकारी दिए।
सुरुङमा पानी पठाएर परीक्षणका लागि आयोजना स्थल सिन्धुपाल्चोकमा बिहान साढे ११ बजे पुग्ने तयारी रहेको मन्त्री थापाले उकेरालाई जानकारी दिए।
सुरुङमा आठ महिनाअघि पहिलो पटक पानी पठाएर परीक्षण गरिएको थियो । पानी पठाएको १० दिनमै पानी बाहिर निस्केपछि सुरुङमा पानी पठाउन बन्द भएको थियो। सुरुङमा आवश्यक सुधार गरेर आज पुन परीक्षण गर्न लागिएको हो।
मेलम्चीको पानी सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि उपत्यकामा वितरण सुरु हुनेछ। खानेपानी आयोजनाको सुरुङमा पानी पठाउने कामको उद्घाटन खानेपानी मन्त्री थापाले गर्ने कार्यक्रम रहेको छ।
फागुन १०, २०७७ सोमबार ०८:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।