प्रतिनिधिसभा विघटनविरुद्ध दलित समुदायले प्रदर्शन गर्दै
काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको सत्तारुढ नेकपाको दाहाल-नेपाल समूह समर्थित दलित समुदायले काठमाडौँमा प्रदर्शन गर्ने भएको छ।
सोमवार दिउँसो १ बजे रत्नपार्कबाट जुलुस निस्कने र नयाँबानेश्वरमा पुगेर सभा गर्ने सङ्घर्ष समितिमा सचिव डाक्टर विजय पौडेलले जानकारी दिए।
नेकपा दाहाल-नेपाल समूहले विघटन विरुद्ध हस्ताक्षर अभियान पनि सञ्चालन गरिरहेको छ। उसले सोमबार बिहान ८ बजे गोंगवुचोकमा र दिउँसो ४ बजे पुरानोबानेश्वर चोकमा उसले हस्ताक्षर सङ्कलन गर्ने जनाएको छ।
सङ्कलित हस्ताक्षर सरकारलाई बुझाउने सचिव पौडेलले बताए। उनले दिउँसो साढे ३ बजे पार्टी कार्यालय पेरिसडाडामा सङ्घर्ष समितिको बैठक बसेर आन्दोलनको समीक्षा गर्ने जानकारी दिए।
फागुन १०, २०७७ सोमबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।