१० लाख डोज कोरोना खोप भोलि भित्रिने
काठमाडौं : सरकारले भारतीय कोरोना खोप उत्पादक कम्पनी सेरम इन्स्च्यिुट अफ इण्डियाबाट खरिद गरेकाे कोभिसिल्ड खोपकाे १० लाख डोज खोप भोलि (आइतबार) भित्रिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (शनिबार) प्रेस विज्ञप्ति जारी गर्दै एयर इण्डियाको जहाजबाट कोभिसिल्ड खोप ल्याइने जनाएको हो।
उक्त खोप काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरूबाट देशैभरका खोप केन्द्रहरूबाट वितरण गरिने विज्ञप्तिमा उल्लेख छ।
सरकारले गत बुधबार कोरोना खोप उत्पादक कम्पनी सेरमसँग २० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता गरेको थियो।
फागुन ८, २०७७ शनिबार २३:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।