एसएसबीले नेपाली महिलामाथि दुर्व्यवहार गरेको भन्दै बेलहियामा दुई घण्टा चक्काजाम
भैरहवा : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा नाका बेलहियामा नेपाली महिलामाथि दुर्व्यवहार गरेको भन्दै स्थानीयले नाकामा आज (शनिबार) दुई घण्टा चक्काजाम गरेका छन्।
घटनापछि आक्रोशित स्थानीयले एसएसबीविरुद्ध नाराजुलुस पनि गरेका छन्।
सुनौलीतर्फ जाँदै गरेका नेपाली महिलामाथि एसएसबीले दुर्व्यवहार गरेपछि स्थानीय बेलहिया नाकामा दुई घण्टा चक्काजाम गरेको स्थानीय उज्ज्वल पोखरेलले जानकारी दिए।
भारतीय पक्षले नेपालीमाथि पटकपटक दुर्व्यवहार गर्ने गरेको उनको भनाइ छ।
घटनाको विरोध गरेपछि भारतीय सुरक्षाकर्मीले कुकुर लगाएर लखेट्ने, अपशब्द बोल्ने र सामान खोसिदिने गरेको स्थानीयको भनाइ छ।
सीमामा झडपको अवस्था आउने अवस्था आएपछि ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
नेपाली सुरक्षाकर्मीको तैनाथ बढेपछि भारतीय पक्षले पनि सीमामा सुरक्षा गस्ती बढाएको थियो।
फागुन ८, २०७७ शनिबार २३:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।