सुर्खेतमा भेटियो बर्ड फ्लु 

सुर्खेतमा भेटियो बर्ड फ्लु 
सांकेतिक तस्बिर।

काठमाडौं : सुर्खेतकोे वीरेन्द्रनगरमा बर्ड फ्लु देखिएको छ। 

वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १२ मा किसानले पालेका स्थानीय कुखुरामा एच फाइभ एन एट (एच ५ एन ८) नामक बर्ड फ्लु पुष्टि भएको हो। 

रोग देखिएको क्षेत्रलाई पूर्णरूपले निःसंक्रमण गरिएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार उक्त क्षेत्रमा रहेका घरपालुवा पंक्षी तथा रोग सार्न सक्ने सम्भावित वस्तुलाई आजै नष्ट गरिएको छ। 

सो क्षेत्रमा २ सय ७९ वटा कुखुरा, १ सय २ वटा परेवा, २२ वटा अण्डा र ३१ किलो दाना नष्ट गरिएको छ। 

यसअघि गत माघमा काठमाडौंको तारकेश्वर नगरपालिकामा हाँस र टर्कीमा बर्ड फ्लु देखिएको छ। 

पंक्षीजन्य मासु राम्रोसँग सफा गरेर तथा पकाएर खान सुझाव

यसैबीच, विशेषज्ञले हाँस, कुखुरालगायत पंक्षीको मासु राम्रोसँग सफा गरेर तथा पकाएर खान सुझाएका छन्।

यस्तै, हाँस, कुखुरालगायतका फर्म तथा मासु पसलमा काम गर्नेलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्न विशेषज्ञको सुझाव छ। 
 

फागुन ८, २०७७ शनिबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।