संसद् नब्युँतनेमा प्रधानमन्त्री ओली ढुक्क
काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली संसद् नब्युँतनेमा ढुक्क देखिएका छन्।
सर्वाेच्च अदालतले देशभर भएका सभा हेरेको र संविधानको भावना तथा मर्म बुझेको भन्दै उनले सर्वाेच्चले कसैको दबाबमा अन्यथा फैसला नगर्ने विश्वास व्यक्त गरेका हुन्।
विराटनगरमा आयोजित सभामा सम्बोधन गर्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभरी भएको सभा हेरेको होला, संविधानको भावना र मर्म हेरेको होला।’
सर्वाेच्चको संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको मुद्दा विचाराधीन अवस्थामा छ।
फागुन ८, २०७७ शनिबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।