सरकारसँग वार्तामा बस्न विप्लवको दुई सर्त

सरकारसँग वार्तामा बस्न विप्लवको दुई सर्त

काठमाडौँ : सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका सरकारसँग वार्तामा बस्न सकारात्मक देखिएको छ। उनले सर्त राख्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका हुन्।

विज्ञप्ति जारी गर्दै उनले सर्त राखेका छन्‘ सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण।’

विज्ञप्तिमा उनले लेखेका छन्‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौँ।’

सशस्त्र गतिविधि गर्दै आएको विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउँदै सार्वजनिक कार्यक्रममा रोक लगाएको छ। विप्लव समूहका नेता कार्यकर्ताहरू अहिले पनि कारागारमा छन्।

पछिल्लो समय नेकपा ओली समूहमा लागेका पूर्व माओवादीका नेता तथा मन्त्री मणि थापा वार्ताको वातावरण बनाउन सक्रिय थिए।

 

फागुन ८, २०७७ शनिबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।