दाहालप्रति ओलीको व्यंग्य– वैद्य, डाक्टरले छाडेपछि झाँक्रीको पछि लाग्नुभयो, झाँक्रीले बचाउन सक्दैन

दाहालप्रति ओलीको व्यंग्य– वैद्य, डाक्टरले छाडेपछि झाँक्रीको पछि लाग्नुभयो, झाँक्रीले बचाउन सक्दैन

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले नेकपाका अर्को समूहका नेता पुष्पकमल दाहाललाई व्यंग्य गर्दै उनी सकिने बाटोमा हिँडेको दाबी गरेका छन्।

विराटनगरमा आयोजित सभामा सम्बोधन गर्दै उनले भने, ‘प्रचण्डजीको माया लाग्छ, पहिला वैद्य लिनुभयो छाडे। डाक्टर लिनुभयो। छाडे। अब झाँक्री लिनुभएको छ। तर, अब झाँक्रीले बचाउन सक्दैन।’

उनले सिद्धिसकेको दाहाललाई आफूले सँगै ल्याएपछि उल्टो आफैँलाई सिद्ध्याउन लागेको दाबी गरे।

‘सिद्धिइसकेका प्रचण्डलाई, २–४ सिटमा सकिने प्रचण्डलाई ल्याएर ठुलै जुरो र लामो सिंह भएपछि उहाँमा अहकार चढ्यो। हामीलाई नै सिद्ध्याउँछु भन्न थाल्नुभयो।’

उनले दाहालको नियति अब असफलता बाहेक अन्य केही नभएको दाबी गर्दै पार्टीमा फर्कन आग्रह समेत गरे । ‘ उहाँको नियति अब असफलता बाहेक केही हैन। अझै पनि फर्कन चाहनुहुन्छ भने आउनुस्। नेपाली जनताको यो सागरमा मिसिनुस्। नमिसिने भिरबाट लड्नेलाई राम भन्ने हो काँध हाल्न सकिँदैन।’

उनले अगाडि भने, ‘उहाँ फर्कने बाटोमा हैन खिइँदै सकिने बाटोमा हिँडेको हो।’

फागुन ८, २०७७ शनिबार १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।