गृहमन्त्रीको दाबी: निर्मलाको हत्यारा चाँडै कानुनको पन्जामा आउँछ
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न कानुनको पन्जा नजिक आइसकेको दाबी गरेका छन्।
नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले दाबी गरे‘ निर्मलाको बलात्कारी पनि कानुनको पन्जा नजिक आइसकेको छ। उसलाई पनि चाँडै कठघरामा उभ्याउने छौँ।’
उनले भागरथीको हत्या र बलात्कारमा संलग्नलाई पक्राउ गर्नुलाई सरकारको महिला हिंसाविरुद्धको अभियानको सफलताको रूपमा अर्थ्याए।
उनले सरकार अपराधीविरुद्ध सशक्त अभियानमा लागेकाले अहिले मुलुक टोले गुन्डाविहीन भएको दाबी गर्दै दाबी गरे ‘ देशमा कुनै पनि अपराधीलाई छुट दिने छैन।’
फागुन ८, २०७७ शनिबार १५:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।