सोमबार २३ चैत, २०८२
अब विघटन फिर्ता हुँदैन, प्रधानमन्त्री ढुक्क हुनुहुन्छ : नेम्वाङ
कानुनबारे राम्रो जानकार मानिने उनले विराटनगर पुगेर भने‘‘म अदालतको मुद्दाबारे बोल्दिनँ। अदालतले विघटन सदर गर्छ भन्नेमा प्रधानमन्त्री २ सय प्रतिशत विश्वस्त हुनुहुन्छ। म प्रधानमन्त्रीप्रति विश्वस्त छु।‘
उनले मुलुक निर्वाचनमय भएको दाबी समेत गरे। उनले भने ,‘निर्वाचनको माहौल सुरु भइसक्यो। देशै निर्वाचनमय भइसकेको छ।’
उनी आफैँले अब संसद् विघटन फिर्ता नहुने बताए पनि अदालतमा विचाराधीन मुद्दामा संसद्मा समेत छलफल गर्न नमिल्ने तर्क समेत गरे।
फागुन ८, २०७७ शनिबार १५:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।