प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न विराटनगर जाँदै  

प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न विराटनगर जाँदै  

जनसभाका लागि ओली पक्षको युवा सङ्घ र पत्रकार सङ्गठनले तयारी तीव्र पारेका छन्। प्रदेशका विभिन्न जिल्लाबाट आएका पत्रकारलाई समाचार सम्प्रेषणको व्यवस्था मिलाउने गरी तयारी थालिएको प्रेस सङ्गठन प्रदेश १ का इन्चार्ज लीलाराज भट्टराईले बताएका छन्।

युवा सङ्घ सुनसरीका अध्यक्ष अरुण गुरुङले जनसभामा सुनसरीबाट मात्र ३ हजार युवा सहभागी गराउने दाबी गरेका छन्। 

नेकपा ओली समूहका प्रदेश १ अध्यक्ष देवराज घिमिरेले आज हुने जनसभाको सबै तयारी पूरा भएको जानकारी दिएका छन्।

प्रदेश स्तरीय जनसभामा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सहित गृहमन्त्री रामबहादुर थापा (बादल), प्रदेश इन्चार्ज सुवास नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

यसअघि फागुन १ गते लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए।

फागुन ८, २०७७ शनिबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।