प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्रको सन्देश : निषेध र विभेदको राजनीति सुरु भयो

प्रजातन्त्र दिवसमा पूर्व राजा ज्ञानेन्द्रको सन्देश : निषेध र विभेदको राजनीति सुरु भयो

उनको संवाद सचिव डा फणी पाठकद्वारा जारी सन्देशमा प्रजातन्त्रको सिद्धान्त अनुरूप मुलुकमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने चाहना राखेका छन्। सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्म समीक्षा गर्नुपर्ने बेला आएको भन्दै उनको सन्देशमा प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहस भइरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ‘जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न ।’

फागुन ६, २०७७ बिहीबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।