अवहेलना मुद्दामा प्रधानमन्त्री ओलीको लिखित जवाफ पेस
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालत पुगेर लिखित जवाफ दिएका छन्।
लिखित जवाफ दिएर प्रधानमन्त्री ओली अहिले सर्वोच्च अदालतबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतप्रति सम्मान व्यक्त गर्दै स्वयं उपस्थित भएर लिखित जवाफ पेस गरेको बताए।
प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल र बहसलाई तमासा भनेपछि अवहेलना मुद्दा दर्ता भएको थियो।
सर्वोच्च अदालतले माघ १५ गते अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। नेकपा अध्यक्ष पुष्पकमल दाहालविरुद्ध पनि सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
फागुन ६, २०७७ बिहीबार १२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।