सोमबार २३ चैत, २०८२
अनेरास्ववियुले आयल निगम घेराउ गर्ने
काठमाडौँ : अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्ने भएको छ।
निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु रञ्जित तामाङ समूहले निगममा ज्ञापन पत्र पनि बुझाउने बताएको छ।
देशभरका क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेको उसले दिउँसो निगम घेराउ गरेर ज्ञापन पत्र बुझाउन लागेको हो।
सत्तारुढ नेकपाको दाहाल नेपाल समूहको विद्यार्थी सङ्गठन अनेरास्ववियुले सरकारविरुद्ध आन्दोलन पनि गर्दै आएको छ।
फागुन ६, २०७७ बिहीबार १०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।