नेकपा दाहाल-नेपाल समूह मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दै
काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनमा रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल-नेपाल समूहले आज (बिहीबार) काठमाडौँमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दैछ।
दाहाल-नेपाल समूहले दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्न लागेको हो।
यो समूहले विघटन विरुद्ध फागुन २१ गतेसम्मको आन्दोलन घोषणा गरिसकेको छ। विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा पनि जारी नै रहने दाहाल-नेपाल समूहले जनाएको छ।
गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको यो समूहले हिजोदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको हो।
फागुन ६, २०७७ बिहीबार ०९:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।