ट्रकबाट झर्दा घाइते एक जनाको मृत्यु

ट्रकबाट झर्दा घाइते एक जनाको मृत्यु

काठमाडौँ : भक्तपुरको चाँगुनारायण नगरपालिकामा झौखेलमा मिनीट्रकबाट खसेर घाइते भएका एक जनाको मृत्यु भएको छ।

बा २ क ९०९९ नम्बरको मिनीट्रकबाट झर्ने क्रममा घाइते भएका ४१ वर्षका सूर्य मान सुवालको मृत्यु भएको हो।

काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार गराइरहेका सुवालको बिहीबार बिहान १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

फागुन ६, २०७७ बिहीबार ०७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।