कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशन भदौमा गर्न प्रस्ताव 

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशन भदौमा गर्न प्रस्ताव 

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव गरिएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा २०७८ भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएपछि पार्टी महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव गरिएको हो। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। 

केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा आगामी भदौमा महाधिवेशन हुनेछ। 

तर, यसका लागि सभापति देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्नुपर्ने हुन्छ। सभापति देउवाको कार्यकाल फागुन १९ गते सकिँदैछ। 

कार्यसमितिको म्याद अब ६ महिना थप्न मिल्ने प्रावधान छ। 

फागुन ५, २०७७ बुधबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।