पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थीहरूले आज (बुधबार) काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाएर प्रदर्शन गरेका छन्।
समाजवादी विद्यार्थी युनियनको आयोजनामा भएको प्रदर्शनमा विद्यार्थीहरूले थाल र चम्चा बजाउँदै प्रदर्शन गरेका हुन्। उनीहरूले सडकमा ग्यास सिलिन्डर राखेर सरकारको विरोध गरेका थिए।
यस्तै, विद्यार्थीहरूले ‘प्रतिगामी सरकार मुर्दावाद’, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ लगायतका नारा लगाएका थिए।
सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर दुई रूपैयाँ बढाएको हो।
फागुन ५, २०७७ बुधबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।