पत्रकार महासङ्घको २६ औ महाधिवेशन उद्घाटन
काठमाडौँ : नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारण सभा एवं २६ औ महाधिवेशनको उद्घाटन भएको छ।
राष्ट्रिय सभा गृहमा साधारण सभाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पनले गरेका छन्।
उद्घाटन सत्रपछि सकिएपछि बन्द सत्र सुरु हुनेछ। उद्घाटन सत्र नसकिएकाले बन्द सत्र दिउँसो १ बजे मात्रै सुरु हुन सक्ने पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहालले जानकारी दिए।
फागुन ५, २०७७ बुधबार ११:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।