धापासीको ५ वटा सटरमा आगलागी, २५ लाख क्षति  

धापासीको ५ वटा सटरमा आगलागी, २५ लाख क्षति  

काठमाडौँ : काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ४ धापासी भेटघाट चोकमा रहेका ५ वटा टहरामा आगलागी भएको छ। ५ वटा टहरामा एक्कासि आगलागी भएको महानगरीय प्रहरी प्रभाव महाराजगन्जले जनाएको छ। 

आगलागी हुँदा टहरा भित्र रहेका पसलका सामान जलेर नष्ट भएको छ। अशोक गुरुङको बेकरी सप, श्याम अधिकारीको रक्सी पसल, गोविन्द केसीको चिया पसल र प्रशान्त केसीको घरको झ्यालमा आगोले क्षति गरेको छ। 

आगलागीबाट अनुमानित २५ लाख बराबरको क्षति भएको महाराजगन्ज प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राती गस्तीमा गएको प्रहरीले बन्द सटरबाट धुवाँ निस्किरहेको देखेका थिए। 

बन्द सटर भित्र आगलागी भएर धुवाँ निस्केपछि स्थानीय र प्रहरीको टोलीले आगो निभाएको थियो। प्रहरीले विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने शङ्का गरेको छ।

फागुन ५, २०७७ बुधबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।