गोप्य भिडियो सार्वजनिक गर्ने धम्की दिने विनयजंग पक्राउ
काठमाडौ : सम्बन्ध बिग्रिएपछि आफ्नै चेली सपना रोका मगरको गोप्य तस्बिर र भिडियो आफूसँग भएको भन्दै धम्क्याएको आरोपमा बेवारिसे शव व्यवस्थापनको काम गर्ने विनयजंग बस्नेत पक्राउ परेका छन्।
उनले एक यूट्युमा च्यानलसँगको अन्तर्वार्तामा आफ्नो मोबाइल र पेन ड्राइभभरि उनको गोप्य तस्बिर र भिडियो रहेको भन्दै भनेका थिए‘सार्वजनिक गरिदिऊँ।’ जबकि सार्वजनिक रूपमा उनले मगरलाई आफ्नो छोरी भन्दै आएका थिए।
बस्नेतको धम्कीपछि मगरले उनी विरुद्ध अभद्र व्यवहारको निवेदन दिएकी थिइन्। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतका अनुसार अभद्र व्यवहारको उजुरीको आधारमा अनुसन्धानका लागि उनलाई आज बसपार्कबाट पक्राउ गरिएको हो। उनी विरुद्ध अभद्र व्यवहारमा अनुसन्धान गरिने बस्नेतले जानकारी दिए।
बस्नेतसँगै बेवारिसे शब व्यवस्थापनमा सक्रिय भएकी मगर बिबिसीको सन् २०२० को प्रतिभाशाली महिलाको सूचीमा परेपछि चर्चामा आएकी थिइन्। मगरले आफ्नै संस्था गठन गरेपछि दुवैको सम्बन्ध बिग्रँदै गएको थियो।
फागुन ४, २०७७ मंगलबार २०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।