सङ्कटकाल र राष्ट्रपति शासनको तयारी : गजुरेल

सङ्कटकाल र राष्ट्रपति शासनको तयारी : गजुरेल

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले सरकार सङ्कटकाल लगाएर राष्ट्रपति शासनको तयारीमा लागेको दाबी गरेका छन्।

काठमाडौँमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले भने‘ यो सरकारले चुनाव गराउनको लागि मिति तोकेको हैन।  चुनाव हुनेवाला पनि छैन। उहाँको उद्देश्य यो सरकारलाई जसरी पनि लम्ब्याउने हो । शासक बनिरहने हो।’

उनले अहिले राष्ट्रपति शासन र सङ्कटकाल लागु गर्ने कुरालाई घटनाक्रमले पुष्टि गर्दै गएको टिप्पणी गरे । 

सत्ताधारीभित्रको किचलो, कलह, सत्ता नै भएको उनले बताए। सत्ताधारीभित्र पद, पैसाको लागि किचलो भएको र अहिलेको संसदीय व्यवस्थाको कमजोरीको प्रधानमन्त्री ओलीले फाइदा उठाएर संसद् विघटन गराएको उनको तर्क थियो।

‘कहीँ न कहीँ यो व्यवस्थाको कमजोरी हो । अर्को, विदेशी शक्तिको हस्तक्षेप हो’उनले भने।

उनले उनले अहिलेको राजनीतिक समस्याको समाधान गर्ने हो भने संयुक्त वैकल्पिक सरकार बनाएर व्यवस्थाको विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए। 

फागुन ४, २०७७ मंगलबार १९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।