देशभर २४ घण्टामा १०५ जना संक्रमित
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १ सय ५ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
यससँगै देशभर कूल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २ लाख ६९ हजार ३ सय ३ जना कोरोनामुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। सो अवधिमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन।
नेपालमा १ हजार ५ सय ८७ सक्रिय संक्रमित छन्।
फागुन ४, २०७७ मंगलबार १७:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।