त्रिपुराका मुख्यमन्त्रीले नेपालबारे दिएको अभिव्यक्तिप्रति भारतीय कांग्रेसको आपत्ति
काठमाडौं : भारतीय राष्ट्रिय कांग्रेसले त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपाल र श्रीलंकाबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
मुख्यमन्त्री देवले गत शनिबार भारतीय जनता पार्टी (भाजपा) का पूर्वअध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहको नेपाल र श्रीलंकामा सरकार बनाउने योजना रहेको भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।
कांग्रेसले ट्विट गर्दै यस्ता खालका अभिव्यक्तिले भारतको छिमेकीहरूसँगको सम्बन्ध खराब बनेको बताएको छ।
‘तपाईंहरू केबल मूर्ख बनाउन सक्नुहुन्छ। यस्तै बेवकुफीपूर्ण बयानकै कारण आज भारतको छिमेकी देशहरूसँगको सम्बन्ध खराब बन्दै गइरहेको छ,’ ट्विटमा भनिएको छ।
फागुन ४, २०७७ मंगलबार १७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।