तोलामा २ सय रुपैयाँ बढ्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ बढेर ९० हजार ९ सय रुपैयाँ कायम गरिएको छ। हिजो यसको मूल्य ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेको छ। सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
फागुन ४, २०७७ मंगलबार १०:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।