म्यानमारमा सैनिक कु विरुद्ध प्रदर्शन गर्नेलाई २० वर्ष जेल सजाय हुनसक्ने
काठमाडौँ : म्यानमारमा सैनिक कु विरुद्ध प्रदर्शन गरिरहेकाहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरे २० वर्ष सम्मको जेल सजाय भोग्नुपर्ने सेनाले चेतावनी दिएको छ।
सैन्य नेतृत्व प्रति ‘घृणा वा अवहेलना’ फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने म्यानमारको सेनाले जनाएको छ।
सेनाले गरेको कु विरुद्ध पछिल्ला दिनहरूमा विभिन्न सहरमा हजारौँ सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन्।
उनीहरूले आफ्नै निवासमा नजरबन्दमा रहेकी नेत्री आङ सान सू चीको रिहाइ र प्रजातन्त्रको पुर्नबहालिको माग गरिरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
उनीमाथि गैर कानुनी रूपमा आफ्नो सुरक्षार्थ खटिएका कर्मचारीहरूले प्रयोग गर्ने वाकिटकी राखेको लगायतका आरोप लगाइएको छ।
फागुन ४, २०७७ मंगलबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।